Exculusive : ओलीद्वारा संसद विघठनको सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । ओलीले शनिबार राष्ट्रपति विद्या भण्डारीसँग करिब एक घण्टा भेटेका थिए ।
शनिबार राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । त्यसपछि आइतबार बिहान सबेरै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका थिए । उक्त सिफारिस आजै राष्ट्रपति कार्यालय लगिँदैछ । नेकपाको आन्तरिक विवाद उत्कर्ष पुगेको अवस्थामा सरकारले संसद विघठनको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया