नेकपा विवाद : दुई अध्यक्षबीच आरोप-प्रत्यारोपमै व्यस्त
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चकँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार खुमलटारमा छलफल भएको छ । तर, छलफल भनिएपनि उनीहरुबीच आरोप–प्रत्यारोमै सिमित बनेका थिए ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली र प्रचण्डबीच करिब ३५ मिनेट वार्ता भएको थियो । दुवै अध्यक्षले आफ्नो अडान नछोडेपछि विवाद समाधानको बाटो निस्कन सकेन । बिहान ११ बजे ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राखेको नेकपा स्रातले बताएको छ । स्रोतका अनुसार प्रचण्ड पार्टी विभाजनको विपक्षमा रहेको र उनले यसप्रति धेरै जनता र कार्यकर्ताको भरोसा रहेको बताए । अध्यक्ष प्रचण्डको भनाइ सुनेपछि प्रधानमन्त्री ओलीले अभियोग पत्र फिर्ता गर्न आग्रह गरेका थिए । तर, प्रचण्डले त्यो अभियोगपत्र नभएको भन्दै दस्तावेजका रुपमा आएको स्मरण गराएका थिए । ‘त्यो आरोपपत्र वा अभियोपत्र जे भन्दै हुनुहुन्छ त्यसो हाइन’ प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘त्यो पार्टीको दस्तावेज भइसक्यो । अब फिर्ता लिएर पनि हुँदैन ।’
ओली र प्रचण्डबीच सवाल जवाफ चलिरहेकै बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका थिए । ओलीको प्रस्ताव फिर्ता लिनुपर्ने आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ओली ‘प्रस्ताव फिर्ता नलिएसम्म केही पनि हुन्न’ भन्दै उठेर हिँडेको बताइएको छ ।
नेकपाको स्थायी समिति आइतबार बस्दैछ । उक्त बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरेर निर्णय गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश संशोधन गरेर आफुअनुकुलका नियुक्तीहरु गर्न बाटो खोलेपछि नेकपाको विवाद झनै चकिएको हो ।

प्रतिक्रिया