नविनको निर्देशनमा ‘जाली जीन्दगी’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

काठमाडौं, ४ पुस । गायक सनुप पौडेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘जाली जीन्दगी’ बोलको उक्त गीतको भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा एक वियोगात्मक प्रेमकथा चित्रण गरिएको छ ।
प्रकाश विष्टको शब्दरचना रहेको यस गीतको भिडियोमा आफूलाई चाहेको युवतीले अर्कैसँग विवाह गरेपछिको अवस्थालाई मार्मिकरुपमा परिकल्पना गरिएको छ । भिडियोमा रंगकमकर्मी सुशील तामाङ र अभिनेत्री रञ्जिता गुरुङले अभिनय गरेका छन् । ‘जाली जीन्दगी’मा बालकलाकार मिजिन लामाले पनि अभिनय गरेकी छन् । कुसल नृत्यकारसमेत रहेका सुशीलले भिडियोमा प्रेमिकाबाट पीडित पुरुषको भूमिका निर्वाह गरेका छन् ।
निर्देशक नविनबाबु गुरुङकै छायाँकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘जाली जीन्दगी’को यस भिडियोलाई स्ट्रिट नेपालले प्रोष्ट प्रोडक्शनमा निर्माण भएको हो । शनिबार मध्यान्ह सार्वजनिक गरिएको यो भिडियो सुरुमै राम्रो प्रतिक्रिया आएको निर्देशक गुुरुङले बताए ।

प्रतिक्रिया