ओली र प्रचण्डको छलफलमा वामदेव पुगेपछि…
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । खुमलटारमा भएको छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । आन्तरिक विवाद चुलिएपछि समाधान गर्न प्रधानमन्त्री ओली ‘ब्रेक फास्ट मिटिङ’कारूपमा प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
दुई अध्यक्षबीच खुमलटार छलफल चलिरहेको समयमा उपाध्यक्ष गौतम पनि वार्तामा सहभागी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । शुक्रबार पेरिस डाँडामा भएको प्रचण्ड–नेपाल समूहको बैठकमा गौतम सहभागी भएका थिएनन् । उनले आफू गुट भेलामा नजाने तर पार्टीका बैठक नछाड्ने धारणा राखेका थिए ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई दबाब दिँदै आएका छन् । तर, ओली पनि आफ्नो अडानबाट पछाडि हटेका छैनन् । नेकपामा आन्तरिक विवाद चुलिरहेको समयमा समस्या समाधानमा वामदेवको भूमिका रहेका छन् ।

प्रतिक्रिया