स्लोभाकियाका प्रधानमन्त्री र मन्त्रीहरुलाई कोरोना संक्रम
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

ब्राटिस्लाभ, ४ पुस (एएफपी) । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको हो । उनले आफू भाइरसबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन् ।
सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिन अगाडि नै संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए ।
कोरोना संक्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ । ‘म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ’ ४७ बर्षिय प्रधानमन्त्री माटोभिकले लेख्नु भएको छ ।
सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । संक्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गर्नुभएको छ । स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।
यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत सङ्क्रमित भएको जानकारी दिएका छन् । कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन । स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया