चिसो बढ्दै : यस्तो छ देशभरको मौसम
अखबार टुडे
प्रकाशित:
२०७७, ४ पुष

काठमाडौं, ४ पुस । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा छ । काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम अहिलेसम्मकै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।
नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ । यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया