बरिष्ठ पत्रकार हरि गोपालको ‘जीवन भरी’ आउँदै
अखबार टुडे
प्रकाशित:
२०७७, २ पुष

काठमाडौं, २ पुस । बरिष्ठ पत्रकार तथा साहित्कार हरि गोपाल प्रधानको शब्द र गायिका सरिता अधिकारी स्वर/संगीत ‘जीवन भरी तिमीलाई साथ दिन्छु’ बोल गीतको भिडियो निर्माण भएको छ । उक्त गीतमा संगीत किशोर खतिवडा र भिडियोमा प्रदीपराज वन्त र कृजना डंगोलको लभ स्टोरी हेर्न पाइने भएको छ ।


गीतकार तथा फोटो पत्रकार प्रधानका अनुसार भिडियो चाँडै आउँदैछ । भिडियोमा आराध्यालक्ष्मी खड्गीको नृत्य निर्देशन तथा निर्देशक, छायाँकन तथा सम्पादन सोहन मानन्धरको रहने छ । हरि गोपालले करिब १५ वर्षअगाडि लेखेको उक्त गीत हाल आएर भिडियो निर्माण गरिएको हो । उक्त भिडियोमा कुसुम तामाङ, निहा महर्जन, मेगना महर्जन र निलम तामाङको पनि अभिनय हेर्न सकिने छ ।भिडियोका लागि श्रृंगार हेम पुन मगर, मनु थापा मगर र रेखा बलामी, भेषभुषामा शोभा महर्जन (गर्जियस इन्स्टिच्यूट अफ् फेसन टेक्नोलोजि, कुमारीपाटी, ललितपुर), कुसुम श्रेष्ठ, (कुसुम क्रियशन बुटिक डिल्लीबजार), स्थिर फोटोग्राफर तथा निर्देशक राजेश मानन्धर (ग्राण्ड फोटो स्टुडियो)को रहेको छ ।

भिडियोमा छाया“ंकनमा पद्मसागर कक्षपति (सम्पदा फोटो भिजन–संग्रह नेपाल)ले सहयोग गरेका छन् । भिडियो निर्माणको व्यवस्थापनमा निकेश सुवेदीले सहयोग गरेका छन् । भिडियो फपिङ, लुमन्तीलगायतका छायाँन गरिएको हो ।

प्रतिक्रिया