शुक्रबारदेखि सवारीमा जोर-बिजोर प्रणाली हट्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २ पुष

काठमाडौं, २ पुस । शुक्रबार (भोली)देखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघसंस्थाका प्रतिनिधिको बैठकले जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै हटाउने निर्णय गरेको हो ।
जोरबिजोर हटाउने सहमतिसँगै शुक्रबारबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएकोबताए ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

प्रतिक्रिया