सन् २०२० लाई २१ मा रिकभर गर्दै दीपिका
अखबार टुडे
प्रकाशित:
२०७७, २ पुष


काठमाडौं, २ पुस । बलिउड अभिनेत्री दीपिका पादुकोणका लागि सन् २०२० फलिफाप हुन सकेन । खाशगरी ड्रग्सको मुद्दामा फसेपछि उनका धेरै फ्यान रिसाए । हाल आएरु उनी आफ्ना फ्यानको मन जित्न लागिपरेकी छन् ।
उत्कृष्ट अभिनयका कारण बलिउडमा प्राय शीर्ष स्थानमा रहँदै आएकी दीपिकका लागि आगामी २०२१ राम्रै देखिन्छ । सन् २०२१ मा दीपिका अभिनीत पाँच फिल्म रिलिज हुँदैछन् । ती फिल्मका लागि उनी निकै उत्साहित छिन् । शकुन बत्राकको फिल्ममा दीपिका सद्धान्त चतुर्वेदी र अनन्या पाण्डेसँग देखिनेछिन् । सुटिङका क्रममा दुवैले निकै रमाइलो गरेका थिए । त्यसको तस्बिर सोसल मिडियामा देखिएको थियो ।
फिल्म ‘पठान’मा दीपिका बलिउड सुपरस्टार शाहरूख खानसँग देखिनेछिन्। यो जोडी ‘चेन्नई एक्सप्रेस’मा एकसाथ देखिएको थियो। यस्तै नाग अश्विनको फिल्ममा उनी अमिताभ बच्चन, प्रभासका साथमा हुनेछिन् । यो फिल्म स्काई फाईमा आधारित हुनेछ । अहिले उनी फिल्म ‘द इन्टर्न’को प्री प्रोडक्सनमा व्यस्त छिन् । ‘द इन्टर्न’को मूल फिल्ममा रबर्ट डी निरो र ऐनी हैथवेले अभिनय गरेका थिए ।
यस्तै ‘महाभारत’ २०२१ मा रिलिज हुनेछ । यसमा दीपिका द्रौपदीको भूमिकामा छिन् । यो फिल्म अहिले प्री प्रोडक्सनमा छ । द्रौपदीको भूमिकामा दीपिकालाई हेर्न दर्शक उत्सुक छन् ।

प्रतिक्रिया