सुनको मूल्य प्रति तोला ८०० बढ्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १ पुष

काठमाडौं, १ पुस । बुधबार आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला केहीदिन स्थिरजस्तै रहेको सुनको मूल्यमा बुधबार वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मंगलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । बुधबार चाँदी एक हजार २३० मा कारोबार भएको छ ।

प्रतिक्रिया