कांग्रेसले भन्यो, ‘अध्यादेश ल्याउनु अलोकतान्त्रिक’, प्रचण्डद्वारा तुरुन्त खारेज गर्न माग
अखबार टुडे
प्रकाशित:
२०७७, ३० मंसिर

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन् ।
सरकारले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत आफू खुसी अध्यादेश ल्याएको भन्दै नेकपाभित्रै चर्को आलोचना भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश तुरुन्त खारेज हुनपर्ने माग गरेका छन् ।

सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुने । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मंगलबार जारी गरिएको सो अध्यादेश सत्तारुढ नेकपाभित्रै चर्को आलोचना भएको छ ।

अध्यादेश जारी भएसँगै मंगलबार नै पहिलो संवैधानिक बैठक बसेको छ । उक्त बैठकले के निर्णय ग¥यो, त्यो बताइएको छैन । तर, बैठक सक्नेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न सितल निवास पुगेका छन् ।

प्रतिक्रिया