रमेशराजको ‘पीडा’मा सोनिया, विशाल र सुदिप (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ३० मंसिर

काठमाडौं, ३० मंसिर । गायक रमेशराज लिम्बुको ‘कति पीडा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । रमेशराजको ‘रिमम्बर’ एल्बममा समावेश उक्त गीत हालै यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा रितुराज लिम्बुको शब्द तथा संगीत रहेको छ । भुुवन डंगोलको एरेञ्ज रहेको उक्त गीत सुनसरीको धरानस्थित भावना डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गायक रमेशराज लिम्बुकै निर्देशन रहेको भिडियोमा सोनिया लिम्बु, सुदिप मोक्तान र विशाल सेनेहाङ लिम्बुको अभिनय रहेको छ । उक्त भिडियोमा राजशुक्र लिम्बुको छायाँकन, रतुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।
गायक रमेशराज र रितुराज लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय छन् । स्थानीय तेह्रथुमका गीत गायक दाजुभाइ हुन् । उनीहरुले नेपाली गीतसंगीतसँगै लिम्बू कल्चरल गीत पालाम पनि गाउँदै आएका छन् ।

प्रतिक्रिया