संवैधानिक परिषद्को बैठक : अख्तियारको प्रमुख आयुक्तमा राईलाई नियुक्तको तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, ३० मंसिर

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) पुनः संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबार स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बस्ने बैठकमा जसरी पनि नियुक्ति गर्ने ओलीको तयारी छ ।
पार्टीमा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा नियुक्ति गर्न लागेका हुन् । हाल ४५ वटा संवैधानिक पद रिक्त छन् ।
प्रचण्ड र माधव नेपाल पक्षसँग छलफल नै नगरी ओलीले संवैधानिक निकायमा नियुक्ति गर्न लागेका हुन्, जसले पार्टीभित्रको विवाद झनै बढाउने जोखिम छ । कांग्रेसँग भागबन्डा गरी नियुक्ति गर्ने ओलीको तयारी छ । अख्तियारको प्रमुख आयुक्तमा पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने ओलीको तयारी रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया