ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा आगलागी
अखबार टुडे
प्रकाशित:
२०७७, २८ मंसिर

काठमाडौ, २८ मंसिर । ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको छ । तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जनाइन् । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिएको छ ।
अहिलेसम्म मानविय क्षति हुन नपाएको एसएसपी बज्राचार्यले बताइन् । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्यांकरको अगाडिको भाग

प्रतिक्रिया