‘प्रेमको गहिराई’मा रोजल र अञ्जु (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २८ मंसिर

काठमाडौं, २८ मंसिर । गायक रोजल शाहीको स्वरमा ‘प्रेमको गहिराई’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच भिडियो प्रिमियर गरिएको हो । उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।
प्रिमियर कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंशा गर्नुका साथै गीत र भिडियोको सफलताको कामना गरेका थिए । उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो ।
यस गीतको म्युजिक भिडियोमा गायक रोजल शाहीले नै अभिनय गरेका छन् । भिडियोमा गायक शाहीसँगै अञ्जु चौलागाईंले अभिनय गरेकी छन् । सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई अनिल शाहीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया