ट्रम्पका मुद्धा सर्वोच्चद्वारा खारेज : हार स्वीकार्नुको रहेन विकल्प
अखबार टुडे
प्रकाशित:
२०७७, २७ मंसिर

वासिंगटन, २७ मंसिर (एपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।
प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो । अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ ।
उजले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्धा दायर गर्नुभएको थियो । ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्विकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो ।
प्रतिश्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिएलगत्तै उनले नतिजा अस्विकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्विकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।

प्रतिक्रिया