अमेरिकामा पनि ‘फाइजर’ खोपलाई अनुमति
अखबार टुडे
प्रकाशित:
२०७७, २७ मंसिर

काठमाडौं, २७ मंसिर (सिएनएन) । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड–१९ विरुद्ध पहिलो खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी पाइएको फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई केही दिनभित्रै देशभर ढुवानी गरिने बताइएको छ । पूर्णकालिन प्रयोगका लागि भने फाइजर कम्पनीले फेरि निवेदन हाल्नुपर्ने हुन्छ ।
‘एफडीएले पहिलो खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिनु महामारीविरुद्धको युद्धमा नयाँ कोशेढुंगा हो । महामारीले अमेरिका र विश्वभर कयौँ परिवारलाई प्रभावित बनाएको छ,’ एफडीएका कमिस्नर डा. स्टेफन हानले सिएनएनसँग भनेका छन् । खोप दिने प्रक्रिया शुरु गर्न अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को सल्लाहकार समितिले मतदानमार्फत् सिफारिस गरेपछि मात्र सीडीसीले खोप कार्यक्रम शुरु गर्न पाइनेछ । केही हप्ताभित्र २ करोड मानिसलाई खोप लगाउने लक्ष्य लिइएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण ३ लाख बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया