नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७७, २६ मंसिर

काठमाडौं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिएका छन् । उनले गत १ कात्तिकदेखि लागू हुनेगरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।
कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनु भएन । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया