राप्रपा नेता लिङ्देन निमोनिया ग्रस्त, थप उपचारका लागि काठमाडौँ ल्याइयो
अखबार टुडे
प्रकाशित:
२०७७, २५ मंसिर

काठमाडौं, २५ मंपिसर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनीमा निमोनिया संक्र्रमण पुष्टि भएपछि बिहीबार उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई बिहीबार साँझ ७ः३० बजे काठमाडौँ ल्याइएको हो ।
उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ । उनको बिहीबार नै पिसिआर परीक्षण गरिएको र कोभिड–१९ नेगेटिभ रिपोर्ट आएको बताइएको छ । सांसद लिङ्देनले शनिबार झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल ¥यालीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया