ताजा कोरोना अपडेट : सक्रिय संक्रमित घट्दै, उपत्यकामा थपिए ४९६ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २४ मंसिर

काठमाडौं, २४ मंसिर । बुधबार देशभरमा मंगलबारभन्दा ४२७ जना सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना संक्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय संक्रमितको संख्या कम भएको छ ।
बुधबार थपिएका संक्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बुधबार संक्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको संख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा बुधबार ४९६ संक्रमित थप भएका छन् । जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय संक्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको संख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् । देशभरमा गरी आज ३३० सङ्क्रमित आइसियुमा रहेका छन् ।
प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् । यस्तै, बुधबार कोरानाबाट थप १४ जनाको मृत्यु भएसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५१ पुगेको छ ।

प्रतिक्रिया