ट्रम्प प्रशासनले टिकटकमाथि लगाएका प्रतिबन्धमा न्यायाधीशको अंकुश
अखबार टुडे
प्रकाशित:
२०७७, २३ मंसिर

वासिङ्टन, २३ मंसिर (एजेन्सी) । अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् ।
चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
तर संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरु पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख छ ।
ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिनु भएको थियो । तर हालसम्म अमेरिकी कम्पनीहरुसँग संझौताका लागि वार्ताहरु भए पनि निर्णय भइसकेको छैन ।

प्रतिक्रिया