नेपाल खबर

बढ्यो सगरमाथाको उचाइ , अब ८ हजार ८४८.८६ मिटर

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका हुन् ।
सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन्। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो। विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक सगरमाथाको उचाइ नापेको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top