मिर्गौलापीडित निशानलाई दुवईबाट आर्थिक सहयोग
अखबार टुडे
प्रकाशित:
२०७७, २३ मंसिर

काठमाडौं, २३ मंसिर । मिर्गौलापीडित निशान कुरुम्बाङलाई युएईबाट उपचार्थ आर्थिक एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका तेह्रथुम फेदापका राजु कुरुम्बाङ, चक्र सिंगक, योगेश निङ्लेखु र जीवन आङ्बुङको पहलमा उक्त रकम संकलन भएको हो । सो रकम तेह्रथुम लसुनेका उतम सुब्बा कुरुम्बाङबाट पाँच हजार थप गरी एक लाख पाँच हजार रुपैयाँ सोमबार मिर्गौलापीडित निशानलाई हस्तान्तरण गरिएको छ ।
याक्थुङ कुरुम्बाङ सङ्जुङ्भो केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङ, संस्थापक अध्यक्ष होमभक्त कुरुम्बाङ, सचिव बिरेन्द्र कुरुम्बाङ, काठमाडौं उपत्यका अध्यक्ष मीनप्रसाद कुरुम्बाङ, प्रकाश कुरुम्बाङ र तिर्थ कुरुम्बाङलगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम दुवईमा रहेका विभिन्न समाजसेवीहरुले सहयोग गरेको समाजसेवी राजु कुरुम्बाङले बताए ।
तेह्रथुम फेदाप–१ का २७ वर्षीया निशान दुई वर्षयता मिर्गौला समस्या ग्रस्त भइ डायलसिस गराउँदै आएका छन् । निजको आर्थिक अवस्था नाजुक भएका कारण याक्थुङ कुरुम्बाङ सङ्जुम्भोको संयोजनमा आर्थिक संकलन गरी उपचारमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया