गौतमबुद्ध विमानस्थलको काम ९२ प्रतिशत सक्यो, अब २५ दिनभित्रमै पूरा गर्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, २१ मंसिर

सिद्र्धाथनगर, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । शनिबार विमानस्थल अवलोकन गर्न पुगेको मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् ।

विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, ‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।’ उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले भने, ‘विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैन । ।’
कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको उनले बताए । आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए । उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको जानकारी दिए ।

प्रतिक्रिया