नम्रता श्रेष्ठ नयाँ ‘नेपाल सुन्दरी’ घोषित
अखबार टुडे
प्रकाशित:
२०७७, २० मंसिर

काठमाडौं, २० मंसिर । यस वर्षको ‘मिस नेपाल’को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ २६औँं मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई अघिल्लो वर्षकी ‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् ।
सन् २०२० की मिस नेपाल बन्न सफल नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । साथै, उनले यस ‘मिस वल्र्ड–२०२१’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।


नेपालमा हुने सौन्दर्य प्रतियोगिताको सबैभन्दा उच्च मानिने ‘मिस नेपाल सुप्रानेसनल २०२०’को उपाधि सिमल कनौँजियाले पाएकी छन् । यस्तै, ‘मिस नेपाल इन्टरनेसनल–२०२०’को ताज सन्ध्या शर्माले जितेकी छन् ।यस्तै, ‘मिस नेपाल अर्थ–२०२०’तर्फको ताज सुप्रिया श्रेष्ठले पाएकी छन् । आयोजक हिडेन ट्रेजरका अनुसार यस वर्ष प्रतियोगितामा देशभरका १ सय ५० युवतीले प्रत्यक्ष सहभागीता जनाएका थिए । तीध्ये २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

प्रतिक्रिया