नेपाल अपडेट : ६ हजार ७४ जनामा परीक्षण गर्दा १०२४ मा संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, २० मंसिर

काठमाडौं, २० मंसिर । नेपालका शनिबार ६ हजार ७४ जनामा नमूना परीक्षण गर्दा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ६२२ पुरुष र ४०२ महिला छन् । यससँगै हालससम्म कूल संक्रमित दुई लाख ३९ हजार ८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यससहित कोरोनामुक्त हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५७७ पुगेको छ ।
हाल देशभर १४ हजार २५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३१२ जना आइसीयू र नौ हजार २६३ जना घरमै एकान्तवासमा छन् ।
यस्तै, शनिबार काठमाडौं उपत्यकामा ४६० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५र१५, सिन्धुली र बाग्लुङका १४र१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११र११, तनहुँ र बर्दियाका नौरनौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यसैगरी नवलपरासी र पाल्पाका पाँचरपाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चाररचार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीनरतीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुईरदुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया