लगनगाँठो कस्दै श्वेता, गोकर्ण फरेष्टमा विवाह समारोह
अखबार टुडे
प्रकाशित:
२०७७, १८ मंसिर

काठमाडौं, १८ मंसिर । अभिनेत्री श्वेता खड्काले यसै साता लगनगाँठो कस्दैछिन् । श्वेताले यहि २२ मंसिरमा धनगढीका विजयेन्द्र सिंह रावतसँँग विवाह गर्न लागेकी हुन् ।
श्वेताले आफ्नो बिबाहको निम्तो कार्डसमेत नजिकका आफन्त र साथीभाईलाई बाँडेसकेको बताइएको छ । अभिनेत्री श्वेता र विजयेन्द्रको विवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा हुने निश्चित भएको उनको पारिवारिक स्रोतले जनाएको छ । फिल्म ‘कहाँ भेटिएला’बाट क्षेत्रमा प्रवेश गरेकी श्वेताले पहिलोपटक अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ सालमा विवाह गरेकी थिइन् ।

प्रतिक्रिया