‘फिस्टेल बर्गर एण्ड रोल’ क्याफे जाने होइन त ? (यस्तो छ विशेषता)
अखबार टुडे
प्रकाशित:
२०७७, १८ मंसिर

काठमाडौं, १८ मंसिर । बर्गर र रोल पारखीका लागि यहाँहरुसमक्ष ‘फिस्टेल बर्गर एण्ड रोल’ नामक क्याफे सञ्चालनमा आएको छ । काठमाडौंको व्यापारिक केन्द्र न्युरोडमा सञ्चालनमा आएको फिस्टेल बर्गर एण्ड रोलको आउटलुक पुरानो बानेश्वरको भिमसेन गोलामा पनि रहेको छ । पाको न्युरोडको जोशी बिल्डिङको ग्राउण्ड फ्लोरमा रहेको फिस्टेलको मुख्य आर्कषण यस्तो र स्तरियता हो ।
(तल दिइएको मेनु हेर्न सक्नुहुनेछ)

एकपटक ‘फिस्टेल बर्गर एण्ड रोल’को स्वाद लिइसकेपछि मनै लोभ्याउने सञ्चालकको भनाइ छ । परिवर्तित आधुनिक समाजसँगै मानिसहरु व्यस्त हुन थालेका छन् । कामको चटारोले व्यस्त हुनेहरुका लागि बर्गर र रोललगायतका हल्का ‘ब्रेकफास्ट’ महत्वपूर्ण छ । काठमाडौंको न्युरोड यस्तो बजार हो, जहाँ व्यापारिकहरु बिहानैदेखि काममा व्यस्त रहन्छन् । न्युरोड किनमेल गर्न जानेहरुको पनि मुख्य गन्तव्य हो । व्यस्त दैनिकी विताइरहेका व्यापारी र ग्राहकलाई लक्षित गर्दै स्तरिय, स्वथ्यकर र सस्तोमा बर्गर हाउस सञ्चालनमा ल्याएको सञ्चालक भनाइ छ ।

दुई युवाले नेपालमै केही गरौँ भन्ने उद्देश्यले ‘फिस्टेल बर्गर एण्ड रोल’ सञ्चालनमा ल्याएका हुन् । तेह्रथुम पौन्ठाकका राजेश लिम्बू पन्धाक र तेह्रथुम फेदाप–१ का सुरेन्द्र लिम्बू कुरुम्बाङले सञ्चालनमा ल्याएको यो बर्गर सेन्टरमा बर्गर र रोलबाहेक अन्य डिससमेत उपलब्ध छ । कफि, कोल्ड ड्रिकलगायतका ब्रेकफास्टका लागि यो क्याफे ‘मिप्वोइन्ट’ बन्न सक्छ । सञ्चालकमध्ये सुरेन्द्रले भने, ‘हामी ग्राहकको चाहनालाई मध्यनजर गर्दै सेवा दिनेछौँ ।’ उनी एक अनुभवी शेफ पनि हुन् । लामो समय विभिन्न होटलमा कुकिङ गरेको अनुभवलाई बर्गर सेन्टरमा सदुपयोग गरेको उनको भनाइ छ ।
थप विशेषताका लागि तस्बिरहरु

प्रतिक्रिया