नेपालमा २ लाख १८ हजार बढीले जिते कोरोना
अखबार टुडे
प्रकाशित:
२०७७, १७ मंसिर

काठमाडौं, १७ मंसिर । बुधबार काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ सय ९० जना कोरोनाभाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरै थपिएका १४ सय ९० सहित संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । १६ हजार ५४७ कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै मन्त्रालयका अनुसार बुधबार १५ सय ६७ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । बुधबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ । यस्तै, ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया