‘ब्राण्ड एम्बास्डर’ बनेपछि रेखाले भनिन्, ‘कम्पनी प्रवद्र्धनका लागि सक्रिय हुनेछु’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ मंसिर

काठमाडौं, १७ मंसिर । मोडल तथा अभिनेत्री रेखा फागो लिम्बू एक रियलस्टेटको ब्राण्ड एम्बास्डर बनेकी छन् । पुर्वी नेपालको सुन्दर सहर धरानमा हालै सञ्चालनमा आएको घरजग्गासम्बन्धी कारोबार व्यापारिक कम्पनी ‘टाइसन रियलस्टेट’ले रेखालाई ब्राण्ड एम्बास्डर नियुक्ति गरेको हो । उनलाई धरानमा एक समारोहबीच ब्राण्ड एम्बास्डर नियुक्ति गरेको कम्पनीले जनाएको छ ।
विभिन्न म्युजिक भिडियो तथा केही नेपाली फिल्ममा अभिनय गरिसकेकी रेखाले उक्त कम्पनीको ब्राण्ड एम्बास्डर नियुक्ति भएपछि भनिन्, ‘नेपालमै केही गरौँ भन्ने युवाहरुलाई हामीले सपोर्ट गर्नुपर्छ ।’ उनले एकजुट भएर कार्य गर्दा व्यवसायीमा सफलता हासिल गर्न सकिनेसमते बताउँदै भनिन्, ‘यदि कुनै व्यवसायी वा कम्पनी सफल भएमा रोजगारसमेत सिर्जना हुन्छ ।’

कम्पनीको गतिविधि एवं व्यवसाय प्रवद्र्धन गर्ने जिम्मा दिएको कम्पनीप्रति आभार समेत व्यक्त गरिन् । उनले आफू ब्राण्ड एम्बास्डर बनेको कम्पनी प्रवद्र्धनमा प्रतिवद्ध रहेको पनि सुनाइन् ।
रियलस्टेट कम्पनीका अध्यक्ष सोनाहाङ राईले संसारभरी नै घरजग्गा बिक्री वितरण भइरहेको बताउँदै क्रेता र बिक्रेताबीच प्रत्यक्ष भेट नहुँदा कमिसनको समस्या देखिएको बताए । उनले भने, ‘हामीले यस्ता समस्यालाई मध्येनजर गर्दै रियलस्टेज सुरु गरेका हौँ ।’ टाइसन रियलस्टेटले घरजग्गा किनबेचलाई व्यवस्थित गर्दै घर जग्गा खरीद गर्न चाहने व्यक्तिको अपुग रकम भएका कम्पनीले बैंकमा ऋणसम्म उपलब्ध गराइदिनेसम्म सुविधा दिएको बताए ।

प्रतिक्रिया