संगीत आङखेवाको ‘अन्दङ फूङ’लगतै ‘च्याङ धुम च्याङ’ आउँदै (अन्दङफूङको भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १६ मंसिर

काठमाडौं, १६ मंसिर । पछिल्लो समय लोकप्रियता बटुलिरहेका गायक तथा संगीतकार संगीत आङखेवा लिम्बूले एकपछि अर्को गीत सार्वजनिक गर्दै आएका छन् । केही दिनअघि मात्र उनले पालम ‘अन्दङ फूङ’ सार्वजनिक गरेका थिए । उक्त पालमले दर्शक तथा श्रोताले रुचाएका छन् । उक्त पालममा संगीत आङखेवा लिम्बूको संगीत रहेको छ भने सुमन कुरुम्बाङ र निरान्ता नेम्बाङले गाएका छन् । ‘अन्दङ फूङ’ पालम बजारमा आइरहेका अन्य पालमहरु भन्दा केही भिन्न लयको रहेकाले रुचाइएको छ ।


यसैबेला गायक तथा संगीतकार संगीतले आज अर्को गीत सार्वजनिक गर्दैछन् । लिम्बू कला, संस्कृति र पहिचान झल्काउने लिम्बू कल्चरल गीत ‘च्याङ धुम च्याङ’ आज रिलिज हुँदैछ । गायक तथा संगीतकार संगीत विशेषगरी लिम्बू कल्चरल गीत संगीतमा लोकप्रिय छन् । आफ्नो लोकप्रियतालाई थप्दै ‘अन्दङ फूङ’ बोलको पालम ल्याएका संगीतले ‘च्याङ धुम च्याङ’ पनि लिम्बू समुदायको साँस्कृतिक पहिचान बोकेको ‘केः’ अर्थात च्याबु्रङलाई शीर्षक बनाएर गीत तयार गरेका छन् ।
‘च्याङ धुम च्याङ’ बोलको गीतमा अग्नि लावती (हाङ)को शब्द रचना रहेको छ भने संगीत आङखेवा लिम्बूकै संगीत रहेको छ । गीतमा अग्नि लावती गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ
यस गीतको भिडियोलाई पाँचथरको यासोकलगायतका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ । यस गीतको भिडियोमा हाङ लावती र नव मोडल रेन्सा आङखेवा लिम्बूको अभिनय गरेका छन् । संगीत आङखेवा लिम्बूले नै निर्देशन गरेको भिडियोलाई युमा आर्ट्सले सार्बजनिक गर्दैछ ।

प्रतिक्रिया