जीवनशैली

पूर्वी नेपालबाट ‘कृष्ण-लीला’

काठमाडौं, १५ मंसिर । दशैअघि नै निर्माण घोषणा भएको फिल्म ‘कृष्ण–लीला’को गत शुक्रबारबाट छायाँकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको फिल्मको युनिट हाल इलाम पुगेको छ ।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् । सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामीछानले बताएका छन् ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकार मुख्य भूमिकामा छन् । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनीट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायाँकन सम्पन्न गरेर दृश्य खिच्न जानकारी निर्देशक वलीले दिए । फिल्मको सम्पूर्ण छायाँकन पूर्वी नेपालमै सकाइने बताइएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top