नेपालमा कोरोना : एकैदिन २९ को मृत्यु, संक्रमित संख्या २ लाख ३३ हजार ४५२
अखबार टुडे
प्रकाशित:
२०७७, १५ मंसिर

काठमाडौं, १५ मंसिर । नेपालमा कोरोना भाइरसका कारण सोमबार एकैदिन २९ जनाको मृत्यु भएको छ । सोमबार थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ ।
यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ सय ३१ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ । हाल देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया