दक्षिण कोरिया कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १४ मंसिर

सोल, १४ मंसिर (एजेन्सी) । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएको । यससँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ । हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिण कोरियामा आन्तरिकरुपमा कोरोना संक्रमण हुनुभन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइँदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वमा छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भईसकेको छ । संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

प्रतिक्रिया