कोरोनाबाट २२ वर्षीया सुत्केरीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १४ मंसिर

सुनसरी, १४ मंसिर । महोत्तरीकी २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दिबास–२ निवासी ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । यही २ मंसिरमा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि सोही दिन कोभिड अस्पताल भनाए गरिएको थियो । उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया