ढकाल र गाल्छाको नेतृत्वमा महासंघ
अखबार टुडे
प्रकाशित:
२०७७, १४ मंसिर

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एससियटमा ५२३ वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएर प्रतिस्पर्धी किशोर प्रधानलाई हराएका हुन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको थियो ।
जिल्लानगरको सबैभन्दा बढी ५० प्रतिशत मतभार रहन्छ । एसोसियटको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ । ढकाल आगामी कार्यकालको अध्यक्ष पनि बनेका छन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था गरेको छ ।
उनको प्यानलबाट नै एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ विजयी भएका छन् । जिल्लानगरमा प्रधान प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अन्जन श्रेष्ठ विजयी भएका छन् । महासंघको अध्यक्ष भने यसअघि बरिष्ट उपाध्यक्ष रहेका शेखर गोल्छा रहनेछन् । महासंघ गोल्छा–ढकालको नेतृत्वमा चल्ने भएको छ ।

प्रतिक्रिया