जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
प्रकाशित:
२०७७, १३ मंसिर

जाजरकोट, १३ मंसिर । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ ।
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले बताए । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने