नेकपा सचिवालय बैठक बस्दै, ओलीले आफ्नो प्रस्ताव पेस गर्दै
अखबार टुडे
प्रकाशित:
२०७७, १३ मंसिर

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्र्ने भएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आज आफ्नो प्रस्ताव पेस गर्ने कार्यसूची छ । अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले ओलीलाई आरोपित गरी कात्तिक २८ गते छुट्टै प्रस्ताव ल्याएका थिए ।
उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्ताव तयार भइसकेको जनाए । उनले भने, ‘अर्का अध्यक्षले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएर उहाँको प्रस्ताव आउँछ ।’

प्रतिक्रिया