उपत्यकामा थपिए ८२२ जना संक्रमित, २३ जनाकाृ मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १२ मंसिर

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा थप ८२२ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख सात हजार १२४ पुगेको छ । शुक्रकार थपिएका संक्रमितमध्ये काठमाडौँका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
हालसम्म काठमाडौँमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ । शुक्रबार काठमाडौँ उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ ।
शुक्रबार देशभर थप एक हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, शुक्रबार नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एक हजार ४३५ पुगेको छ ।

प्रतिक्रिया