दरबारिया शैलीमा आयो ‘मैसाब’ भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ११ मंसिर

काठमाडौं, ११ मंसिर । कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाब’ बोलको कवाली फ्लेवरको गीत सार्वजनिक गरिएको हो ।
राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्द रहेको गीत सुन्दा जति आनन्द आउँछ, त्यति नै मज्जा आकर्षक म्युजिक भिडियो बनेको छ । लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको म्युजिक भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् ।
त्यस्तै, राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।
भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतिलाई आलिसान दरबारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।
भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदै आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन । गीतमा शब्द रचना अमृत खतिवडा (भाञ्जाभाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्कीम)द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।
कविराज गहतराजले ंगीतअनुसार लोकेशन र ड्रेस छनौट गरेको जनाउँदै भिडियो आप्mना लागि चुनौति भएको बताए । ‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो । अर्कोतिर सिक्किमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनल रुपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो । निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ’ कविराजले भने ।
गायक सत्यराज आचार्यले यो म्युजिक भिडिया आफुहरुको सांगीतिक करिअरमकै सर्वोत्कृष्ट भिडियो बनेको बताए । ‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन् । रोयल तामझामका साथ सुटिङ गरिएको छ । हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो । धेरैपछि रोमान्टि डान्सिङ नम्बर ल्याएका छौँ’ उनको भनाइ छ ।

प्रतिक्रिया