नेपालमा २ लाख ९ हजार ४३५ जनाले जिते कोरोना
अखबार टुडे
प्रकाशित:
२०७७, ११ मंसिर

काठमाडौं, ११ मंसिर । बिहीबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घढटामा कोरानाका कारण २३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल १६ हजार ७९३ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

प्रतिक्रिया