विश्वमा ५ करोड ८५ लाख संक्रमित : नेपालमा २ लाख २० हजार
अखबार टुडे
प्रकाशित:
२०७७, ७ मंसिर

काठमाडौं, ७ मंसिर । आइतबार देशभर थप एक हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।
आइतबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ६९९ छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा ं७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या एक लाख ९९ हजार २४ जना छन् । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको संख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।

प्रतिक्रिया