विदेशमा कोरोनाबाट २९३ जना नेपालीको मृत्यु, ४२ हजार ८०३ कोरोनामुक्त
अखबार टुडे
प्रकाशित:
२०७७, ७ मंसिर

काठमाडौं, ७ मंसिर । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण विभिन्न देशमा २ सय ९३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले मृत्यु भएको हो ।
समितिका अनुसार कोरोना भाइरसका कारणले हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ । भारतमा मृत्यु भएका ४० जनामध्ये १० जना महिला छन् ।
समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।
हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने तीमध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।
भाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

प्रतिक्रिया