विश्व

इराकमा आइएसको आक्रमणमा ७ प्रहरी मारिए

दोहा, ७ मंसिर (एजेन्सी) । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको हिंसात्मक आक्रमणमा ७ जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।
शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण गरिरहेको छ ।

Click to comment
To Top