अर्थतन्त्र

आइतबार सुन तोलामा ३०० बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं, ७ मंसिर । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले बढेको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आज रु ९४ हजार ३०० पुगेको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top