अमला खानुस्, स्वास्थ्य रहनुस्, यस्ता छन् फाइदाहरु…
अखबार टुडे
प्रकाशित:
२०७७, ६ मंसिर

काठमाडौं, ६ मंसिर । जाडो याममा विभिन्न प्रकारका फलफूलहरु हाम्रो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छन् । अहिले कोरोना संक्रमणकालमा हामीलाई ती फलफूलहरुले रुघा, खोकीजस्ता समस्याबाट पनि जोगाउँछन् । तीनै फलहरुमध्येको एक हो अमला । जाडो मौसममा अमला सेवनका थुप्रै फाइदाहरु छन् ।

अमला खाँदा हुने फाइदाहरु

  • यदि तपाईं मोटोपन कम गर्न चाहानुहुन्छ भने बिहान खाली पेटमा महसँग अमलाको रस एक गिलास मनतातो पानीसँग सेवन गर्नुपर्छ ।
  • एसीडिटीको समस्याले ग्रस्त हुनुहुन्छ भने एक ग्राम अमलाको धुलो र अलिकति चिनी एक गिलास पानी अथवा दुधमा मिलाएर पिउनुपर्छ ।
  • अमला सेवन गर्नाले चिसोको कारण हुने रुघाखोकीबाट छुट्कारा पाइन्छ ।
  • अमलाको जूसमा मह मिलाएर पीउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ । अमलाले हाम्रो पाचनतन्त्र र मृगौलालाई पनि स्वस्थ राख्छ ।
  • अमलाको सेवनले केश झर्न कम हुन्छ, यसले केशको जरालाई बलियो प्रदान गर्छ ।
  • यदि तपाईंलाई कब्जियतको समस्या छ भने अमलाको सेवन यसको लागि फाइदाजनक हुन्छ ।
  • मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनै अमला खाने बानी बसाल्नुपर्छ । यसो गर्दा यसले तपाईंको मुटु मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र स्वास्थ बनाउँछ ।
  • अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी हुन्छ । वास्तवमा यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्नु हो ।
  • जाडो मौसममा बिहान खानामा अमलाको अचार अथवा मुरब्बा सेवन गर्नाले तपाई वर्षभरि नै स्वस्थ रहनु हुन्छ ।
प्रतिक्रिया