‘वन्डर वुमन १९८४’ क्रिसमसमा आउँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ६ मंसिर

काठमाडौं, ६ मंसिर । हलिउड फिल्म ‘वन्डर वुमन १९८४’ यो क्रिसममा रिलिज हुने भएको छ । फिल्मले हालै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
अभिनेत्री गल गडोट स्टारर अभिनित यस फिल्म यही क्रिममसको अवरमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ । अमेरिकाको सिनेमा हल र एचविओ म्याक्समा २५ डिसेम्बर २०२० मा रिलिज गरिने भएको हो ।
फिल्म रिलिज भएको एक महिनासम्म फिल्म निशुल्क हेर्ने पाइने छ । यसपछि फिल्म हेर्न पैसा तिर्नुपर्ने प्रावधान राखिएको छ । पेटी जेन्किन्सले फिल्मलाई निर्देशन गरेका हुन् । सन् २०१७ मा रिलिज भएको फिल्म ‘वन्डर वुमन’ ८ सय २१ मिलियन डलरमा निर्माण गरिएको थियो । जुन फिल्मले हलिउडमा ब्लकबस्टर सावित गरेको थियो । यसैको अपेक्षा गर्दै फिल्म निर्माण टिमले ‘वन्डर वुमन १९८४’ निर्माण गरेको हो ।

प्रतिक्रिया