नेपाल खबर

कोभिड-१९ भ्याक्सिन ल्याउन सरकारद्वारा अध्यादेश जारी

काठमाडौं, ३ मंसिर । कोभिड-१९ को भ्याक्सिन सहजरुपमा ल्याउन सरकारले अध्यादेश ल्याएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट औषधी अध्यादेश २०७७ जारी भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा सो अध्यादेश ल्याइएको हो ।
विगतको कानूनअनुसार भ्याक्सिन ल्याउन समस्या हुने भएकाले औषधी ऐन अध्यादेशमार्फत संशोधन गरिएको हो । विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी तयारी गर्न आवश्यक समय समेतका लागि अध्यादेश जारी गरिएको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top