‘माया यस्तो’ गीतका गायिकाको यस्ता तस्बिर (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७७, ३ मंसिर

काठमाडौं, ३ मंसिर । उनी मोडल मात्र होइनन्, एक कुसल गायिका पनि हुन् । तर, थोरैलाई मात्र थाहा छ कि सम्झना राई एक गायिका पनि हुन् । सम्झनाले गाएको पछिल्लो गीत ‘यस्तो माया’ अहिले चर्चामा छ ।

यिनै मोडल तथा गायिका सम्झनाले यस वर्षको तिहारको भाईटिकामा आफ्ना नयाँ तस्बिरहरु सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी भाईटिका लगाइरहेकी देखिन्छिन् । तस्बिर हेर्दा लाग्छ, ‘यी उनका अनौपचारिक फोटोसुटका तस्बिर हुन् ।’

‘तिहार मलाई एकदमै रमाइलो लाग्छ’ गायिका तथा मोडल सम्झनाले भर्खरै हामीबाट विदा भएको तिहार सम्झिँदै भनिन्, ‘यी तस्बिर तिहारको सम्झनाका लागि लिएकी हुँ ।’ ‘यस्तो माया’ गीतबाट कस्तो रेस्पोन्स पाइरहनुभएको छ त ? उनी भन्छिन्, ‘एकदमै राम्रो । मैले अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया आइरहेको छ ।’ यस गीतबाट सम्झनाले गायिकाको समेत पहिचान स्थापित गर्दैछिन् । यो गीतले एक जना मोडललाई गायिकाको रुपमा स्थापित मात्र नभएर नेपाली सांगीतिक क्षेत्रलाई नै एक कुसल गायिका पाएको छ ।

मोडल तथा गीतकार दर्पण राईको शब्दरचना रहेको गीतमा सम्झनासँगै विक्रम राईको पनि स्वर रहेको छ । गीतकार दर्पणका यसअघिका शब्दरचना रहेका गीतहरु ब्लकबस्टर छन् । ‘तिम्ले बाटो फेरेऊ अरे’को ‘तिम्ले बाटो फेरेऊ अरे–२’जस्ता सुपरहिट गीत दिएका गीतकार दर्पण पनि ‘यस्तो माया’बाट अपेक्षित छन् । उनी भन्छन्, ‘भ्युअर्स सोचेजस्तो नगएपनि गीतबाट राम्रो प्रतिक्रिया आइरहेको छ । अझै आशा छ, भिडियो स्लोली जाँदैछ ।’ फिल्म निर्देशक मिलन चाम्सले निर्देशन गरेको उक्त भिडियोमा दर्पणसँगै प्रशंसा रायमाझी फिचरिङ छन् । गीतमा अजय कार्कीको संगीत रहेको छ ।

प्रतिक्रिया