८३ वर्षीय कोरोना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २ मंसिर

गोरखा, २ मंसिर । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।
फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रतिक्रिया